शिक्षामन्त्री पोखरेल र र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता
५ श्रावण, २०८३, मगलवार
- सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा अमेरिकी सहयोग विस्तार, प्राविधिक तथा सीपमूलक शिक्षा प्रवर्द्धन र खेलकुद क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।
काठमाडौं: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा अमेरिकी सहयोग विस्तार, प्राविधिक तथा सीपमूलक शिक्षा प्रवर्द्धन र खेलकुद क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।
मन्त्री पोखरेलले विद्यालय शिक्षामा व्यवहारिक पाठ्यक्रम लागू गर्ने, विद्यालय तहदेखि खेलकुदलाई पाठ्यक्रममा समावेश गर्ने तथा डिजिटल शिक्षा, शिक्षक क्षमता विकास र विद्यालय पूर्वाधार सुधारमा अमेरिकी सहकार्यको अपेक्षा व्यक्त गरेका थिए ।
कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा सुधार अभियानमा अमेरिकाको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहकार्य गर्न अमेरिका सकारात्मक रहेको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।