स्वदेश फर्कँदै देउवा, प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठ्न आह्वान
५ श्रावण, २०८३, मगलवार
- हाल हङकङमा रहेका देउवाले चाँडै स्वदेश फर्किने जनाउँदै बिपी कोइरालाको स्मृति दिवसका अवसरमा वक्तव्यमार्फत देश तथा लोकतन्त्रको रक्षाका लागि लाग्ने बताएका हुन्।
काठमाडौँ: कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति अपनाएको प्रतिशोधको राजनीति, स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूमाथि बढाएको दबाबविरुद्ध उभिने घोषणा गरेका छन्।
हाल हङकङमा रहेका देउवाले चाँडै स्वदेश फर्किने जनाउँदै बिपी कोइरालाको स्मृति दिवसका अवसरमा वक्तव्यमार्फत देश तथा लोकतन्त्रको रक्षाका लागि लाग्ने बताएका हुन्।
सरकारले न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायहरूलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित बनाउने औजारको रूपमा प्रयोग गर्न खोजेको गम्भीर आरोप लगाएका छन्।
लोकतान्त्रिक समाजमा फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग र पूर्वाग्रहका आधारमा हुने दमन कहिल्यै स्वीकार्य हुन नसक्ने भन्दै यस्तो संस्कृतिको विरोध गर्नु कांग्रेसको ऐतिहासिक दायित्व भएको गरेका छन्।
देशलाई अहिले विभाजन, अविश्वास र प्रतिशोधको सट्टा एकता, विश्वास र सहकार्यको आवश्यकता रहेको औँल्याउँदै देउवाले राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आम नेपाली जनतालाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा उभिन आ्हवान गरेका छन्।
‘मेरो नेतृत्वमा विगतमा समानता, सामाजिक न्याय र समावेशितालाई संस्थागत गर्ने दिशामा महत्त्वपूर्ण निर्णयहरू गरिएका थिए। ती निर्णयहरू नेपाली कांग्रेसले निर्धारण गरेका प्राथमिकता अनुरूप नै थिए। तर वर्तमान परिस्थितिले हामी सबैलाई अझ व्यापक दृष्टिकोण, अझ गहिरो सहकार्य र अझ दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको छ,’ देउवाले अगाडि भनेका छन्, ‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। प्रतिशोध होइन, सहकार्य चाहिएको छ। त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ। प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्छ।’
बिपीले व्यक्तिगत सुरक्षाभन्दा देश र लोकतन्त्रलाई माथि राखेर स्वदेश फर्केको इतिहासलाई प्रेरणाको रूपमा लिँदै देउवाले आफू पनि नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासका साथ नेपाली भूमिमा पुनः फर्कन लागेको जनाएका छन् ।
उनले लोकतन्त्र र संविधानको रक्षाका लागि आफ्नो निष्ठा कायमै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।