- संयुक्त अरब इमिरेट्स (युएई) सरकारले १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।
काठमाण्डौ, २३ अषाढ़ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार युएईले ईद अल-अधाको अवसरमा कारागारमा रहेका १११ नेपालीलाई आममाफी दिएको हो ।
मन्त्रालयले यो निर्णयलाई नेपाल र युएईबीचको घनिष्ठ मित्रता तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको थप सुदृढ उदाहरणका रूपमा लिएको जनाएको छ । मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासले मन्त्रालयको निर्देशनअनुसार गरेको अनुरोधका आधारमा युएई सरकारले उक्त आममाफीको निर्णय गरेको हो ।
आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्किने मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।