देवरको खुकुरी प्रहारबाट भाउजुको हत्या

२०८३ अषाढ़ २३ मङ्गलवार
सारांश
  • मोरङको ग्रामथान गाउँपालिका-६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ ।

मोरङ, २३ अषाढ़ । मोरङको ग्रामथान गाउँपालिका-६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ ।

 

स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीलाई उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरीले घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

 

घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) समेत घाइते भएका छन् । उनको दाहिने काँधमा गहिरो चोट लागेको छ । उनको स्थानीय नेता चोकस्थित मेडिकलमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

 

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरैंचाबाट तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार