कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु- ज्ञानेन्द्र शाही

२२ आषाढ़, २०८३, सोमवार
सारांश
  • उनले भने- ‘मैंले आज कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु । कर्णालीमा गाडी नदीमा खस्यो, मानिसहरू नदीको बीचमा फसेर जीवन बचाइदिन गुहार मागिरहेका थिए। एकजना व्यक्ति भीरमा अड्किएर बाँच्नका लागि संघर्ष गरिरहनुभएको थियो। तर उहाँहरूको जीवन सकियो, उद्धार आएन ।’

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनामा उद्धार प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

 

सोमबारको प्रतिनिधिसभाको बैठक आकस्मिक समयमा बोल्दै सांसद शाहीले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता देखेको बताए ।

 

उनले भने- ‘मैंले आज कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु । कर्णालीमा गाडी नदीमा खस्यो, मानिसहरू नदीको बीचमा फसेर जीवन बचाइदिन गुहार मागिरहेका थिए। एकजना व्यक्ति भीरमा अड्किएर बाँच्नका लागि संघर्ष गरिरहनुभएको थियो। तर उहाँहरूको जीवन सकियो, उद्धार आएन ।’

 

उनले असार १८ गते कर्णाली नदीमा बस खस्दा यात्रुहरू नदीको बीचमा फसेर जीवन बचाइदिन हारगुहार गरिरहेको अवस्थामा पनि समयमै उद्धार हुन नसकेको बताउदै सभामुखले यस विषयमा सरकारलाई रुलिङ गर्न माग गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार