सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ

२२ आषाढ़, २०८३, सोमवार
सारांश
  • पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोवाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो ।

काठमाडौँ: ललितपुरको महालक्ष्मी-२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्ने जिल्ला बैतडी पाटन-०७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी-२ बस्ने वर्ष ५५ को सुरेन्द्र भट्ट पक्राउ परेका छन् ।

 

पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोवाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा निज भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको बुझिएको छ । पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोवाटोको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार