- हलिउड गायिका टेलर स्विफ्ट र अमेरिकी फुटबल खेलाडी ट्राभिस केल्स विवाह बन्धनमा बाँधिएका छन् ।
काठमाण्डौ, २० अषाढ़ । हलिउड गायिका टेलर स्विफ्ट र अमेरिकी फुटबल खेलाडी ट्राभिस केल्स विवाह बन्धनमा बाँधिएका छन् ।
टेलर स्विफ्टका प्रतिनिधिले दुवैको विवाह भएको पुष्टि गरेका छन्। प्रतिनिधिका अनुसार उनीहरूले अमेरिकाको न्युयोर्क सहरस्थित म्याडिसन स्क्वायर गार्डेनमा विवाह गरेका हुन् । विवाह समारोहको औपचारिकता हलिउड अभिनेता एडम स्यान्डलरले सम्पन्न गराएका थिए ।
पीपल म्यागजिनका अनुसार विवाह समारोहमा हलिउडका थुप्रै चर्चित कलाकार तथा सेलिब्रिटीहरूको उपस्थिति रहेको थियो । समारोहमा जीजी हदीद, ब्राड्ली कुपर, डकोटा जोन्सन, मारिस्का हार्गिटे, पिटर हर्मन, एड शीरन, चेरी सीबोर्न, हाइम दिदीबहिनी, एली गोल्डिङ, बेन्सन बुन, मारेन मोरिस, केल्सी ब्यालेरिनी, मिरान्डा ल्याम्बर्ट, ब्राड पेस्ली, किम्बर्ली विलियम्स पेस्ली, ह्यु ग्रान्ट, कार्ली क्लस, जोशुआ कुशनर, जो क्राभिट्ज, जेसन सुडेकिस, इथन हक, जिमी फ्यालोन र टमी हिलफिगरलगायत सहभागी भएका थिए ।
विवाहअघि टेलर स्विफ्ट र ट्राभिस केल्सले परिवार तथा निकट साथीभाइसँग विशेष रात्रिभोजको आयोजना गरेका थिए । उक्त कार्यक्रम म्याडिसन स्क्वायरस्थित इन्फोसिस थिएटरमा सम्पन्न भएको बताइएको छ । यद्यपि, विवाह सम्पन्न भए पनि टेलर स्विफ्ट र ट्राभिस केल्सले हालसम्म आफ्नो विवाह समारोहका कुनै तस्बिर वा सामाजिक सञ्जालमा कुनै पोस्ट सार्वजनिक गरेका छैनन् ।
दुवैले २०२५ अगस्ट २६ मा इन्स्टाग्राममार्फत आफ्नो इन्गेजमेन्टको घोषणा गरेका थिए । त्यसबेला ट्राभिसले फूलले सजिएको सुन्दर बगैँचामा टेलरलाई विवाहको प्रस्ताव राखेका थिए, जसका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल बनेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ह्वाट्सएपमा प्रस्तावित 'युजरनेम' सुविधाप्रति भारत सरकारको आपत्ति, मेटासँग जवाफ माग
-
इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन विभागको आग्रह
-
विश्वकपबाट बाहिरिएसँगै रियाद महरेजले लिए सन्यास
-
ट्राभिस केल्ससँग विवाह बन्धनमा बाँधिइन् टेलर स्विफ्ट
-
इरानी विदेशमन्त्री र सभामुखलाई इजरायलको निशानाबाट अमेरिकाले बचाएको दाबि
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।