रोनाल्डो र रामोसको गोलमा क्रोसियालाई हराउदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

२०८३ अषाढ़ १९ शुक्रवार
सारांश
  • खेलको निर्धारित समय सकिनै लाग्दा ९४औँ मिनेटमा गोन्कालो रामोसले विजयी गोल गर्दै पोर्चुगललाई रोमाञ्चक जित दिलाएका हुन् ।

काठमाण्डौ, १९ अषाढ़ । पोर्चुगलले अतिरिक्त समयको ठीकअघि गरेको निर्णायक गोलको मद्दतमा क्रोएसियालाई २-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

 

खेलको निर्धारित समय सकिनै लाग्दा ९४औँ मिनेटमा गोन्कालो रामोसले विजयी गोल गर्दै पोर्चुगललाई रोमाञ्चक जित दिलाएका हुन् । राफाएल लियाओको उत्कृष्ट क्रसमा दुई क्रोएसियाली रक्षकभन्दा माथि उफ्रिँदै उनले हेडमार्फत गोल गरेका थिए ।

 

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३औं मिनेटमा क्रोसियाका इभान पेरिसिकले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

 

यसअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै विश्वकपको नकआउट चरणमा पहिलो पटक गोल गर्ने उपलब्धि हासिल गरेका थिए । यस गोल मार्फत रोनाल्डोको गोलले पोर्चुगललाई खेलमा पुनरागमन गराएको थियो ।

 

अन्तिम समयसम्म खेल अतिरिक्त समयमा जाने संकेत देखिएको भए पनि रामोसको निर्णायक गोलले पोर्चुगललाई अन्तिम १६ मा पुर्‍यायो । खेलको अन्तिम मिनेटमा क्रोसियाले बराबरी गोल गरेपनि रेफ्रीले अफसाइड दिएपछि पोर्चुगल विजयी भएको थियो ।

 

अब पोर्चुगलले अन्तिम १६ मा युरोपेली च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार