नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

१० आषाढ़, २०८३, बुधवार
सारांश
  • आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने भुजुंग हाइड्रोको शेयर १४.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको शेयर ५.०५ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज दोहोरो अंकमा गिरावट आएको छ । आज बुधबार नेप्से १४.४५  अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३८ कम्पनिका एक करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ मा कारोबार भएको थियो । आज फाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने भुजुंग हाइड्रोको शेयर १४.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको शेयर ५.०५ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २९ करोड ६२ लाख बराबर कारोबार भएको छ भने सोपान फार्माको १७ करोड २२ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार