- स्विट्जरल्यान्डमा भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताका सर्तहरू पालना नगरे वा उचित व्यवहार नगरेमा अमेरिका पुनः कारबाही गर्न तयार रहेको बताएका छन् ।
एजेन्सी, ०९ अषाढ़ । स्विट्जरल्यान्डमा भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताका सर्तहरू पालना नगरे वा उचित व्यवहार नगरेमा अमेरिका पुनः कारबाही गर्न तयार रहेको बताएका छन् ।
उनले इरानले आफ्ना प्रतिबद्धता पूरा नगरे आफूले आवश्यक कदम चाल्ने स्पष्ट पारेका छन् । साथै, हालैका घटनापछि इरानको सैन्य तथा आर्थिक अवस्था निकै कमजोर बनेको दाबी गर्दै इरानसँग अमेरिकामाथि दबाब सिर्जना गर्ने क्षमता नरहेको बताए ।
ट्रम्पले इरानलाई परमाणु हतियार हासिल गर्नबाट रोक्नु आफ्नो सबैभन्दा ठूलो प्राथमिकता भएको पनि उल्लेख गरे । त्यसका लागि लामो समयसम्म सैन्य कारबाही गर्नुपरेर विश्वव्यापी आर्थिक मन्दीको जोखिम उत्पन्न भए पनि त्यो कदम आवश्यक हुने उनको भनाइ थियो ।
यता, इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले वार्तालाई पनि द्वन्द्वकै एउटा हिस्सा भएको बताएका छन् । उनले युद्धभूमिमा प्राप्त सफलता कूटनीतिक पहलमार्फत अघि नबढाइएसम्म स्थायी राजनीतिक र कानुनी उपलब्धिमा रूपान्तरण हुन नसक्ने बताए । गालिबाफले वार्ता पनि संघर्षको एउटा माध्यम भएको उल्लेख गर्दै इरानले यसलाई कमजोरीका रूपमा नभई राष्ट्रिय हितको संरक्षण गर्ने रणनीतिक उपायका रूपमा लिएको बताए ।
उनले होर्मुज जलडमरूमध्य अब युद्धअघिको अवस्थामा नफर्कने पनि बताएका छन् । उनका अनुसार आगामी दिनमा उक्त महत्त्वपूर्ण समुद्री मार्गको व्यवस्थापन इरानले आफ्नै ढङ्गले गर्नेछ, यद्यपि अन्तर्राष्ट्रिय नियमहरूको पालना भने जारी रहनेछ ।
स्विट्जरल्यान्डमा अमेरिकासँग भएको प्राविधिक वार्ताको पहिलो चरणपछि गालिबाफले अमेरिकाप्रति इरानको अविश्वास यथावत् रहेको दोहोर्याए । उनले कहिल्यै अमेरिकामाथि विश्वास नगरेको बताउदै अहिले पनि र भविष्यमा पनि सतर्क रहने बताएक छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोडको कारोबार
-
निर्वाचित दल छोडेपछि यी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त
-
रास्वपाको महाधिवेशन प्रतिनिधि ३ हजार ८४९ कायम, यसरी चयन गरिदै नयाँ नेतृत्व
-
मेटाले भारतीय फिनटेक स्टार्टअप क्रेडमा ९० करोड डलर लगानी गर्ने
-
इरानले सम्झौताका शर्त पालना नगरे फेरी कारवाही गर्छौं- ट्रम्प
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।