- सन् १९५१ मा पहिलो पटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । जारी गरिएको ५० वर्ष पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेसँगै यो दिवस हरेक वर्ष मनाउँदै आइएको हो ।
काठमाण्डौ, ०६ अषाढ़ । विश्व शरणार्थी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन २० का दिन यो दिवस मनाउने गरिन्छ । यस बर्ष 'एकताले सबैलाई बचाउछ' भन्ने नारासहित यो दिवस मनाइदैछ ।
सन् १९५१ मा पहिलो पटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । जारी गरिएको ५० वर्ष पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेसँगै यो दिवस हरेक वर्ष मनाउँदै आइएको हो ।
सामान्यतया आफ्नो जन्मभूमिबाट आन्तरिक वा बाह्य कारणले लखेटिएर अर्को मुलुकमा आश्रय लिन पुगेका व्यक्ति नै शरणार्थी हुन । शरणार्थी बन्नु रहर नभई बाध्यता हो । विश्वमा युद्ध, द्वन्द्व, भोकमरी, प्राकृतिक विपद् लगायतका कारणले अझै पनि लाखौँ मानिसहरु आफ्नो बासस्थान छोडेर शरणार्थी हुन बाध्य भैरहेका छन् । संसारमा द्वन्द्वले आक्रान्त र गरिब देशहरूमा यो समस्या दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । शरणार्थी समस्या कायम रहेका मुलुकहरूमा टर्की, सिरिया, अझगानिस्थान, जोर्डन, इजरायल, चेक रिपब्लिक, स्लोभाकिया, इरान, इराक, अल्जेरिया, म्यानमार लगायत नेपालजस्ता देशहरू पर्दछन् । नयाँ आश्रयको खोजीमा हिँड्नेहरुको रोजाइमा नेपाल पनि पर्ने गरेको छ ।
कुनै पनि देश चाहे धनी वा गरिब होस्, सो मुलुकले सार्वभौमसत्ता सम्पन्न, आधारभूत मानव अधिकारको प्रत्याभूति हासिल गर्ने ध्येय लिएको हुन्छ । तर नेपालमा शरणार्थी व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको छ । जहाँसम्म शरणार्थीलाई उनीहरुकै देश फर्काउने कि यहीँ व्यवस्थापन गर्ने सवाल छ, त्यो दुई देशबीचको कूटनीतिक सम्बन्धले निर्धारण गर्ने कुरा हो । त्यसका लागि सरकारले ध्यान दिन आवश्यक छ ।
शरणार्थीको पक्षमा काम गर्ने संघसंस्थाहरु र सरकारले आश्रयको खोजीमा रहेका, राज्य विहीन मानिसहरु तथा शरणार्थी जीवन बिताएर आफ्नो ठाउँ फर्किएका अनि शरणार्थी बन्ने जोखिममा रहेकाकोहरुको क्षेत्रमा प्रभावकारी काम गर्न सके मात्र विश्व शरणार्थी दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।