- आज २९औँ ‘राष्ट्रिय चिया दिवस’ मनाइदै छ । चिया दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिइएको छ ।
काठमाण्डौ, १५ वैशाख । आज २९औँ ‘राष्ट्रिय चिया दिवस’ मनाइदै छ । चिया दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिइएको छ ।
नेपालमा विसं १९२० मा इलाममा चिया खेती सुरु भए पनि झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई २०३९ मा चिया क्षेत्र घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरिएको पाइन्छ ।
पछिल्लो समयमा स्पेसियल टी र ग्रीन टीको माग पूर्ति गर्न १०० भन्दा बढी लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा आएका छन् । चिया उद्योगले करीब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।
पछिल्लो समय चिया कृषक आफैँले वा सहकारीअन्तर्गत सानादेखि ठूला चिया प्रशोधन कारखाना स्थापना गर्ने कार्यले अभियानको रूप लिएको छ । यसले विगतमा देखिएको चिया किसान र उद्योगबीच हुने गरेको चियाको हरियोपत्तीको मूल्य विवादको समस्या हल भएको छ ।
नेपाली चियाको पहिचान एवं बजार विस्तारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा प्रवद्र्धनात्मक कार्यक्रमका लागि निरन्तरता दिनुपर्ने देखिन्छ ।
पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका साथै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायत जिल्लामा चिया खेतीको विस्तार भइरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार वार्षिक साढे दुई करोड किलोग्राम तयारी चिया उत्पादन भएको देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।