भाडा समायोजन नगरे पेट्रोलियम पदार्थको मूल्य घटाउन यातायात व्यवसायीको माग
३ बैसाख, २०८३, बिहिवार
- बिहीबार विज्ञप्ति जारी गर्दै महासंघले पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण डिजेल र पेट्रोलको मूल्य निरन्तर बढ्दै जाँदा यातायात व्यवसाय सञ्चालन गर्न कठिन भएको जनाएको छ ।
काठमाडौं: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन वा सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै महासंघले पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण डिजेल र पेट्रोलको मूल्य निरन्तर बढ्दै जाँदा यातायात व्यवसाय सञ्चालन गर्न कठिन भएको जनाएको छ । मूल्यवृद्धिले यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालनमा प्रत्यक्ष असर परेको महासंघको भनाइ छ ।
सरकारले विगतमा लागू गरेको स्वचालित मूल्य प्रणालीका आधारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसअनुसार भाडा समायोजन नगर्दा व्यवसायीहरू मारमा परेको महासंघका महासचिव डेकनाथ गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
महासंघले २०७९ सालयता लागू वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार मूल्य समायोजन हुनुपर्ने माग गरेको छ। वर्तमान परिस्थितिमा पेट्रोलियम पदार्थको खपत घटाउने र सेवा सञ्चालनलाई प्रभावकारी बनाउने प्रयास गरिए पनि लागत अत्यधिक बढेकाले तत्काल समाधान आवश्यक रहेको जनाएको छ।
महासंघले नेपाल आयल निगममार्फत भइरहेको पटक-पटकको मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दै यथाशीघ्र निर्णय लिन आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।