विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनापाठन २१ गतेबाट

२६ चैत्र, २०८२, बिहिवार
सारांश
  • शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयहरुलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न सर्कुलर जारी गरेको छ ।

काठमाडौँ: नयाँ शैक्षिक सत्र वैशाख १५ बाट र विद्यालयहरुमा पठनापाठन बैशाख २१ गतेबाट हुने भएको छ ।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्‌को चैत २२ गतेको निर्णय अनुसार परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयहरुलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न सर्कुलर जारी गरेको छ ।

 

केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न, विद्यालय सुधार योजना निर्माण गर्न, शिक्षकको पेशागत क्षमता विकासका कार्य गर्न र विद्यार्थी सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न अनुरोध गरेको छ ।

 

यसअघि सरकारले वैशाख १ बाट सुरु गरेर भर्ना अभियान चलाउने गर्दथ्यो भने निजी विद्यालयहरुले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र सुरु गर्ने गरेका थिए । अबदेखि भने सरकारी र निजी दुवै विद्यालयमा एकै समयमा नयाँ शैक्षिक सत्र संचालन गर्न, सो अघि विद्यार्थी भर्ना नगर्न र  एक पटक भर्ना भएपछि भर्ना शुल्क समेत नलिन सरकारले स्पष्ट निर्देशन दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार