दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट चार गाडीमा क्षति, ८ जना घाईते

२०८२ फागुन २७ बुधवार
सारांश
  • पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्नेमा गएराति भारतीय कन्टेनरले ४ सवारी साधनलाई ठक्कर दिंदा ८ जना घाईते भएका छन् ।

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्नेमा गएराति भारतीय कन्टेनरले ४ सवारी साधनलाई ठक्कर दिंदा ८ जना घाईते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिनयी त्रिवेणी गाउँपालिक २ घिउखोला नजिक  पुर्व–पश्चिम राजमार्गमा एकतर्फी सडकमा बुटवलबाट पुर्वतर्फ आइरहेको यूपी २१ बिटी २७९१ नम्बरको भारतीय कन्टेनरले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ ३ वटा बस र एउटा मोटर साईकललाई ठक्कर दिएको थियो ।

 

कन्टेनरले कर्णाली प्रदेश  ०१-००१ ख ११९२ नम्बरको  बस, कर्णाली प्रदेश ००२प ९५७० नम्बर को  मोटरसाईकल, लु.प्र.०१-००१ ख ०८२२ नम्बरको  बस र  लु २ ख २४७५ बसलाई  ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले सडक अवरुद्ध भएकाले खुलाउने प्रयास गरेको जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार