आजको मौसम : देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८२ फाल्गुण ०३ आइतवार
- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
काठमाण्डौ, ०३ फाल्गुण । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको प्रदेशका उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
आज राती भने, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’