प्रधानमन्त्री कार्की समक्ष राष्ट्रसंघकी आवासीय प्रतिनिधिबाट ओहोदाको प्रमाणपत्र पेश

२०८२ माघ २६ सोमवार
सारांश
  • नेपालका लागि नियुक्त संयुक्त राष्ट्रसंघ (यूएन) की नयाँ आवासीय प्रतिनिधि (यूएनआरसी) लिला पिटर्स याहियाले प्रधानमन्त्री सुशीला कार्की समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

काठमाण्डौ, २६ माघ । नेपालका लागि नियुक्त संयुक्त राष्ट्रसंघ (यूएन) की नयाँ आवासीय प्रतिनिधि (यूएनआरसी) लिला पिटर्स याहियाले प्रधानमन्त्री सुशीला कार्की समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

 

प्रमाणपत्र प्रस्तुत गरेपछि याहियाले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट समेत गरेकी थिइन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले नेपालमा स्वागत गर्दै उनलाई नयाँ जिम्मेवारीका लागि बधाई ज्ञापन गरेकी थिइन् ।

 

प्रधानमन्त्री कार्कीले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका प्रयासमा दीर्घकालीन विकास साझेदारका रूपमा संयुक्त राष्ट्रसंघले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेकी थिइन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार