राष्ट्रिय विभूति अरनिको स्मृति दिवस आज मनाइँदै

२०८२ पुष २३ गते बुधवार
सारांश
  • राष्ट्रिय विभूति कलाकार अरनिको आज स्मृति दिवस मनाइँदै छ । उनको १३०६ मा मृत्यु भएको थियो । नेपाली ललितकला क्षेत्रमा अरनिको योगदान महत्वपूर्ण रहेको मानिन्छ ।

काठमाण्डौ, २३ पुष । राष्ट्रिय विभूति कलाकार अरनिको आज स्मृति दिवस मनाइँदै छ । उनको १३०६ मा मृत्यु भएको थियो । नेपाली ललितकला क्षेत्रमा अरनिको योगदान महत्वपूर्ण रहेको मानिन्छ ।

 

उनको योगदानको सम्झना गर्दै हरेक वर्ष पुस २३ गते अरनिको स्मृति दिवस मनाउने गरिन्छ । महान् कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुवै देशमा विशेष महत्वका साथ मनाइन्छ । विसं २०५८ सालदेखि उनको स्मृति दिवस मनाउन थालिएको हो । यसले सरकारी मान्यता समेत पाएको छ । अरनिको योगदानको जति चर्चा हुन्छ, उति नै उनको जीवनकालको ।

 

राजा अनन्त मल्लकै पालामा १३औं शताब्दीमा चीन पुगेका उनले नेपाली शैलीको कलाशिल्पी फैलाएको मानिएपनि उनीबारे धेरै सन्दर्भ अपुरा छन् । चीनको बेइजिङ पुगेर बहुविवाहसमेत गरेका उनका सन्तान अहिले कहाँ छन् ? यस बारेमा स्पष्ट जानकारी रहेको छैन । तैपनि विभिन्न कलाकृति र चिनियाँ दस्तावेजमा वर्णन गरिएको आधारमा नेपालमा अरनिको सम्बन्धी धारणा बन्दै आएको छ । यद्यपी उनका बारेमा अझै पनि खोज तथा अनुसन्धान हुन सकेको छैन । कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा उनले ख्यातिप्राप्त गरेका थिए ।

 

नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका थिए । अहिलेको अवस्थामा नेपाली वास्तुकलामा अरनिले पुर्याएको गोगदानको अरुले पनि सिको गर्न जरुरी छ ।

 

विसं २०२४ सालमा नेपाल र नेपालीको गौरव बढाउने कार्य गर्ने १३ जना व्यक्तित्वलाई राष्ट्रिय विभूतिको रूपमा सम्मानको घोषणा गर्दा कलाकार अरनिकोलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिएको थियो । हालसम्म उनलाई मात्रै राष्ट्रिय कलाकारका रूपमा मान्यता दिइएको छ । त्यसपछि नै अरनिकोको स्मृतिमा उनको पूर्ण कदको आकृति झल्किने हुलाक टिकट प्रकाशन गरिएको थियो । त्यस्तै अरनिकोको अनुहार–आकृति झल्किने टिकट मालाको प्रकाशन गरिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार