- दुर्घटना क्षेत्रमा जंगलमा परेकाले सर्वसाधारणलाई त्यसतर्फ नजान प्रहरीले अनुरोध गरेको छ ।
रौतहट: पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर-धन्सार बीचमा एलपीजी ग्यास बोकेको ट्यांकर दुर्घटना भएको छ ।
ग्यास बोकेको ट्यांकर बीच सडकमा दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पल्टिएको ग्यास लिक भइरहेकाले दुर्घटना जोखिम बढेपछि प्रहरीले दुवै तर्फको आवागन रोकेको छ । दुर्घटना क्षेत्रमा जंगलमा परेकाले सर्वसाधारणलाई त्यसतर्फ नजान प्रहरीले अनुरोध गरेको छ ।
अहिले दुर्घटनाग्रस्त ग्यासको ट्याङ्कर ६ वटा क्रेनको सहायताले उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । साथै सवारीलाई अहिले बालचनपुर - जङ्गलसैया - धन्सार हुँदै डाइभर्सन गरेर पठाइएको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’