प्रहरी अस्पतालमा कार्यरत एसएसपीको नक्कली प्रमाणपत्र, अख्तियारले दायर गर्यो मुद्धा

२०८२ पुष ०८ मङ्गलवार
सारांश
  • अनुसन्धानका क्रममा नक्कली पुष्टि भएको भन्दै मंगलबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

काठमाडौँ: नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

 

अख्तियारले गिरीले पेश गरेको एसएलसी सरहको अध्ययन गरेको प्रमाणपत्र भारतको बिहार स्कुल परीक्षा बोर्डको पेश गरेकोमा अनुसन्धानका क्रममा नक्कली पुष्टि भएको भन्दै मंगलबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

 

उनले नक्कली प्रमाणपत्र पेश गरि २०५२ साल मंसी १६ मा नेपाल प्रहरीको नायब निरिक्षक (प्राविधिक) मा नियुक्त लिएर हाल वरिष्ठ उपरीक्षकमा बढुवा समेत लिएको भन्दै यसक्रममा सेवा सुबिधा लिएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारको दाबि रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार