- रुसको अनुसन्धान समितिले सोमबार बिहान कार बम विस्फोटमा लेफ्टिनेन्ट जनरल फामिल सरभारोभको मृत्यु भएको जानकारी दिएको छ ।
काठमाडौँ । रुसको राजधानी मस्कोमा भएको विस्फोटमा एक सेना प्रमुखको मृत्यु भएको छ ।
रुसको अनुसन्धान समितिले सोमबार बिहान कार बम विस्फोटमा लेफ्टिनेन्ट जनरल फामिल सरभारोभको मृत्यु भएको जानकारी दिएको छ ।
समितिका अनुसार सरभारोभ सशस्त्र बलको सञ्चालन तालिम विभागका प्रमुख थिए । यस विषयमा अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यस घटनामा युक्रेनी गुप्तचर निकायहरूको संलग्नताको पनि अनुसन्धान भइरहेको बताइएको छ । विस्फोट बारे युक्रेनबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’