बंगलादेशमा हिन्दु युवकको हत्या बिरुद्ध जनकपुरधाममा प्रदर्शन

२०८२ पुष ०६ आइतवार
सारांश
  • साथै उनीहरुले मुस्लिम आयोग खारेज गर्नु पर्ने पनि माग गरेका छन् ।

बंगलादेशमा हिन्दु युवकको हत्या बिरुद्ध जनकपुरधाममा प्रदर्शन भएको छ।

 

आईतबार साँझ विभिन्न हिन्दू धार्मिक संघ संस्थाले संयुक्त रुपमा बांगलादेश विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहनसमेत गरेका छन् ।


२ दिन अघि बंगलादेशमा निर्ममतापूर्वक हिन्दू समुदयाका दिपु चन्द्र दासलाई कट्टरपन्थी मुस्लिम समुदायका व्यक्तिहरुले कुटपीट गरी जिउँदै जलाएको घटनाप्रति आक्रोस जनाउँदै जनकपुरधामका युवाहरूले विरोध गरेका छन् । उनीहरुले हिन्दू समुदायलाई एक हुनसमेत आग्रह गर्दै नारा लगाएका छन् ।

 

उनीहरुले जेहादी आतंकवादी मुर्दावाद, जाग जाग हिन्दू जाग, हिन्दू विरोधी नेता मुर्दावादलगायतका नारा लगाएका छन् । उनीहरुले आजबाट बंगलादेका कुनै पनि सामान प्रयोग नगर्न आग्रह गरेका छन् । साथै उनीहरुले मुस्लिम आयोग खारेज गर्नु पर्ने पनि माग गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार