ललितपुर महानगरपलिकाले आज १०७ औँ स्थापना दिवस मनाउँदै

२०८२ पुष ०२ बुधवार
सारांश
  • विक्रम संवत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो ।

काठमाडौं: ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औँ स्थापना दिवस मनाउँदै छ ।

 

बुधबार ललितपुर महानगरपालिकाले १०७ औँ स्थापना दिवस मनाउन लागेको हो ।

ललितपुर महानगरपालिका कला, संस्कृति सम्पदा र हरित सहरका रूपमा परिचित छ ।


विक्रम संवत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो ।

 

त्यस्तै विसं १९१८ मा ललितपुर नगर पञ्चायत, २०४७ मा पुनः ललितपुर नगरपालिका, २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गते ललितपुर महानगरपालिका घोषणा भएको थियो ।

 

हाल महानगरप्रमुख चिरीबाबु महर्जन रहेका छन् । महानगरले आज प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा स्थापना दिवस भव्य रूपमा मनाउन लागेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार