कांग्रेस नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन

२०८२ मङ्सिर २८ आइतवार
सारांश
  • ९२ बर्षिय उपाध्यायको गएराती काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

काठमाडौँ: नेपाली कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन भएको छ । ९२ बर्षिय उपाध्यायको गएराती काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

 

उपाध्याय प्रतिनिधि सभा, राष्ट्रिय सभाको सांसद हुनुका साथै संबिधान सभाको समेत सदस्य रहेका थिए । उनी २०५८ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषदमा शिक्षामन्त्री बनेका थिए । २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले शाही कदम उठाएपछि उनी पदमुक्त भएका थिए । 

 

उपाध्यायको अन्तिम दाहासंस्कार धार्मिक परम्परा सोमबार पशुपती आर्यघाटमा हुने परिवार निकटले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार