गुण्डुमा 'ओली कुटी' को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

१८ मार्ग, २०८२, बिहिवार
सारांश
  • एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेर निर्माण कार्य शुरु भएको हो ।

भक्तपुर । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ ।

 

एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेर निर्माण कार्य शुरु भएको हो ।

 

बस्नेतकै अगुवाईमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु गरिएको छ । यसअघि भक्तपुरको बालकोटमा रहेको ओलीको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको थियो ।

 

 जेनजी आन्दोलनपछि ओली गुण्डुमै बस्दै आएका छन् ।  

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार