पूर्वाधार निर्माणको योजना बनाउदा वातावरणीय पक्ष समावेश गर्न उपप्रमुख डंगोलको निर्देशन
२०८२ मङ्सिर ११ विहिवार
- विहिबार जमल-कमलाछी-असन, भोटाहिटी-असन, असन-बालकुमारी-मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा विछ्याउने योजनाको अनुगमनका क्रममा पानी पुनभरण प्रणालीको कुरा गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।
काठमाडौँ : पूर्वाधार योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमान जस्ता प्रक्रियामा डिजाइनरले वातावरण तथा सामाजिक पक्ष समावेश गर्न, काम गरिने ठाउँमा त्यसअघि भएका पूर्वाधारको सुक्ष्म अवस्थामा ध्यान दिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगालले विभागीय निर्देशन दिएकी छन् ।
विहिबार जमल-कमलाछी-असन, भोटाहिटी-असन, असन-बालकुमारी-मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा विछ्याउने योजनाको अनुगमनका क्रममा पानी पुनभरण प्रणालीको कुरा गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।
यस सडक खण्डमा पानी पुनःभरण हुने विधिबाट ढुङ्गा विछ्याउने योजना थियो । यसका लागि १ सय मिटर सडकमा करिब १ महिना परीक्षण गरिएको छ । सवारी साधनको नियमित आवतजावतले पानी पुनभरणसहितको सडक निर्माण टिकाउ नहुने भएपछि तर्जुमा गरिएको योजना संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो । अनुगमनका क्रममा सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले जानकारी गराए ।
करिब ९ सय मिटर लामो यो सडक खण्डमा न्यूनतम ४.५ फिट र धेरैमा १२ फिट चौडाइ छ । यहाँ १२ इञ्च लम्बाइ, ८ इञ्च चौडाइ र ४ इञ्च मोटाइ भएका ढुङ्गा छापिएका छन् । ४ करोड ४२ लाख ८३ हजार लागत अनुमान रहेको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ३ करोड ५१ लाख १४ हजार कबोल गर्ने आइएस निर्माण सेवाले काम गरेको हो । २०८२ असोज मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी २०८१ असार २४ गते निर्माण पक्षलाई कार्यादेश दिइएको थियो । जमिनमा पानी पुनःभरण गराउने परीक्षण र योजना संशोधनका कारण निर्माण अवधि बढेको विभागीय प्रमुख राईको भनाइ छ ।
योजना मूल्याङ्कन तथा अनुगमन एकाइका उपनिर्देशक गंगाधर गौत्तमका अनुसार अनुगमनका क्रममा सामान्य त्रुटि देखिएका छन् । यी त्रुटि सुधारका लागि निर्माण पक्षलाई पत्राचार गरिनेछ ।
अनुगमनका क्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोलीसहित स्थानीयहरुको सहभागिता थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।