आज विश्व टेलिभिजन दिवस मनाइँदै

२०८२ मङ्सिर ०५ शुक्रवार
सारांश
  • विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि मानिन्छ टेलिभिजन ।

काठमाण्डौ, ५ मङ्सिर । विश्व टेलिभिजन दिवस आज विश्वभर मनाइँदैछ ।

 

डिसेम्बर १७, १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष नोभेम्बर २१ का दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।

 

विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि मानिन्छ टेलिभिजन ।

 

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । श्रव्यसँग सँगै दृश्यको माध्यमबाट यथार्थ रुपमा प्रस्तुत गर्न टेलिभिजन सफल भएसँगै छोटो समयमा ख्याती कमाउन सफल भएको मानिन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ ।

 

सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ विश्व जगतमा भन्दा निकै ढिला गरी नेपालमा सुरु भएको टेलिभिजन अहिले हरेक समूदायमा लोकप्रिय सञ्चार माध्यमका रुपमा परिचित छ । नेपालमा २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार