विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
२०८२ मङ्सिर ०३ बुधवार
- नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साले सीमाक्षेत्रमै सम्पूर्ण कागजात जाँच, भन्सार प्रक्रिया र आवश्यक व्यवस्थापन गर्ने प्रणाली गतिशील रूपमा लागू गरेको छ ।
वीरगन्ज : सुरक्षाको नाममा पर्यटकसँग दोहोरो चेकजाँच गर्दै आएको प्रचलन हटाउन नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ । वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनलाई अब सीमाक्षेत्रमा एक पटक मात्र सुरक्षा जाँच गरी देशभित्र पुनः जाँच गर्न नपर्ने व्यवस्था आजदेखि लागू भएको हो ।
नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साले सीमाक्षेत्रमै सम्पूर्ण कागजात जाँच, भन्सार प्रक्रिया र आवश्यक व्यवस्थापन गर्ने प्रणाली गतिशील रूपमा लागू गरेको छ ।
प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकका अनुसार, सीमामा जाँच पूरा भएपछि उक्त सवारी साधनको नम्बर, कागजात विवरण र सूचनाहरू प्रदेशभित्रका सम्बन्धित प्रहरी चौकी तथा कार्यालयमा पूर्व–सूचना स्वरूप पठाइनेछ । “यसपछि मधेस प्रदेशका अन्य नाकामा पुनः रोकावट वा चेकजाँच गरिने छैन,” एसपी पाठकले जानकारी दिए ।
उनका अनुसार यतिअघि चेकजाँचको नाममा भारतीय नम्बरका सवारी साधनमा यात्रासहित आउने पर्यटकहरूलाई अनावश्यक झन्झट र समय बर्बाद हुने गरेको गुनासो बढ्दै आएको थियो । सुरक्षालाई ध्यानमा राख्दै यात्रुलाई सहज र सम्मानजनक सेवा दिन नयाँ विधि लागू भएको उनले बताए ।
पर्यटन प्रवद्र्धनमा सहयोग
नयाँ व्यवस्थाले वीरगन्ज हुँदै नेपाल प्रवेश गर्ने पर्यटकमैत्री वातावरण निर्माण गर्ने विश्वास प्रहरीले लिएको छ । एसपी पाठकले भने, ‘यो व्यवस्था लागू भएपछि यात्रु–अनुकूल वातावरण बन्नेछ र यसले पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक टेवा पु¥याउनेछ ।’
यससँगै विदेशी सवारी व्यवस्थापन र नाका अनुगमन प्रक्रियालाई आधुनिक, सरल र व्यवस्थित बनाउन प्रहरीले दीर्घकालीन संरचनागत सुधारको तयारी गरिरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।