अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते

२०८२ कार्तिक १७ सोमवार
सारांश
  • प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पले देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रमा धक्का दिएको उल्लेख छ । प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ ।

काठमाडौं : अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १ बजे तिर गएको हो ।


प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पले देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रमा धक्का दिएको उल्लेख छ । प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ ।


‘समंगन प्रान्त केन्द्रबिन्दु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म त्यहाँ पाँच जनाको मृत्यु भएको छ र १४३ जना घाइते भएका छन्, जसमा धेरैजना उपचारपछि घर फर्किइसकेका छन्,’ विज्ञप्तीमा उल्लेख छ ।


प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा भौतिक धनमालको क्षत‌ि पनि भएको छ, तर पूर्ण विवरण पछि सार्वजनिक गरिनेछ । भूकम्पपछि तत्काल केन्द्र तथा स्थानीय निकायसँग समन्वय गरी उद्धार तथा राहतका काम अघि बढाइएको जनाएइको छ ।


यसअघि गत सेप्टेम्बरमा अफगानिस्तानको पूर्वी प्रान्तमा गएको ६.० म्याग्निच्युडको भूकम्पमा १४०० भन्दा बढीको मृत्यु र ३,००० भन्दा बढी घाइते भएका थिए । संयुक्त राष्ट्रसंघको मानवतावादी समन्वय कार्यालयका अनुसार सो भूकम्पबाट करीब १२,००० प्रभावित भएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालको गन्तव्यहीन जस्तो देखिएको यात्रा

यदि राजनीतिक अवस्था अराजक बन्दै गयो, भने मुख्य दलहरू र पूर्वराजालाई समेत समावेश गर्ने वृहत् राजनीतिक सहमतिको आवश्यकता पर्न सक्छ, जुन सम्भवतः बाह्य शक्तिहरूको मध्यस्थतामा हुनेछ । त्यस्तो अवस्थामा पूर्वराजाले आफ्ना सर्तहरू कसरी राख्छन् र राजनीतिक दलहरूले त्यसलाई कसरी ग्रहण गर्छन् भन्ने कुरा निर्णायक हुनेछ ।

थप समाचार