मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार

२०८२ कार्त्तिक १४ शुक्रवार
सारांश
  • शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि मिडियाहरुले भए नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको बताए ।

काठमाडौं: दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले मेनस्ट्रीमका भनिएका मिडिया र पत्रकारहरुले आफ्नो चरित्र हत्या गरेको बताएका छन् ।

 

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि मिडियाहरुले भए नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको बताए ।

 

सुनारले जाजरकोटका नवराज विकको समूहिक हत्या र बझाङ्की सम्झना कामीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए ।

 

उनले भने, ‘जाजरकोटमा साह्रा गाउँले उर्लिएर आएर नवराज विकसहित ६ जनाको हत्या भयो । बझाङमा सम्झना कामीको सामूहिक बलात्कार भयो । काठमाडौंमा पढेका, लेखेका, विद्वान भनिएका बुद्धिजीवी भनिएका, मेनस्ट्रीम हामी हौं भनिएका पत्रकारहरुको सामूहिक बलात्कारको सिकार म भएको छु । जसले आफूलाई मेनस्ट्रीम भनेका छन्, जसले आफूलाई विद्वान भनेका छन्, उनीहरुको सामूहिक आक्रमणमा परेर मेरो सामूहिक हत्या भएको छ ।’

 

साथै, उनले आफूमाथि लागेको आरोप पुष्टि हुने सानो आधार मात्र भेटे हत्कडी लगाएर लैजान आग्रह गरे । आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने पनि उनको दाबी छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार