ह्यात होटल बन्दप्रति प्रधानमन्त्री कार्कीको चासो, अर्थमन्त्रीले गरे व्यवस्थापनसँग छलफल

२०८२ कार्त्तिक ०८ शनिवार
सारांश
  • प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिएका छन् ।

काठमाडौँ : ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् ।

 

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिएका छन् ।

 

त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन् । खनालले भने- 'तपाईँहरु आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’

 

यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

ह्यात होटल व्यवस्थापनले भदौ २३ र २४ को आन्दोलनका क्रममा भयो तोडफोड र असुरक्षाको कारण होटल पुननिर्माण बिना संचालन गर्न सकिने अवस्था नरहेको भन्दै अर्को सूचना नभएसम्म होटलका सबै कर्मचारीलाई नआउन सूचना प्रकाशित गरेर जानकारी गराएको थियो ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार