बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन

२०८२ कार्त्तिक ०४ मङ्गलवार
सारांश
  • निरन्तरको प्रयास पछि बर्षातको सिजनमा अबरुद्ध भएको उक्त सडकखण्ड करिब दुई हप्ता अगाडी सञ्चालन आएको थियो तर बस चल्न सकेका थिएनन् । सडकलाई पुनः मर्मत कार्य गरि बस सञ्चालन गरिएको हो ।

बाजुरा : बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालनमा आएको छ । असारको पहिलो सातादेखि सडकखण्ड अबरुद्ध हुँदा ठप्प रहेको बस सेवा आजबाट सूचारू भएको हो ।

 

निरन्तरको प्रयास पछि बर्षातको सिजनमा अबरुद्ध भएको उक्त सडकखण्ड करिब दुई हप्ता अगाडी सञ्चालन आएको थियो तर बस चल्न सकेका थिएनन् । सडकलाई पुनः मर्मत कार्य गरि बस सञ्चालन गरिएको हो ।

 

दशै अगावै बस सञ्चालन गर्ने भनिए पनि विविध समस्याका कारण बस सेवा सञ्चालन गर्न सकिएको थिएन् । आजबाट बस सञ्चालन भए पछि कुन्ना क्षेत्र तथा कर्णाली प्रदेशका गरीब जनतालाई केहीहदसम्म राहत मिल्ने भएको हो ।

 

तिहारमा बस सेवा संचालन गर्ने प्रतिवद्धता अनुरुप सडकलाई मर्मत गरेर बस सञ्चालन गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । बस सेवा सञ्चालन पश्चात् यहाँका नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा लिएको उनले बताएका छन् ।

 

साथै कच्ची तथा जोखिम बाटोमा घाटा ब्यहोरेर भएपनि गत बर्ष जस्तै यो बर्ष पनि पहिलो पटक बस संचालन गर्न सहयोग गर्ने महाकाली यातायातका बस व्यवसायी लगायतलाई नगर प्रमुख बोहराले धन्यवाद दिएका छन् ।

 

मार्तडीबाट महाकाली यातायात प्रालिको बस कोल्टीको लागी छुटेको छ । मार्तडी–कोल्टी क्षेत्रमा बससेवा संचालनमा आएसंगै तिहार मनाउन घर पुग्ने नागरिकहरुका लागि सहज हुने भएको छ । बस सेवा सञ्चालनले पुर्वी उत्तरी क्षेत्रका ४ वटा पालिका त्यस्तै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट लगायत जिल्लाका नागरिकलाई सहज भएको छ ।

 

मार्तडी–कोल्टी बसको भाडादर ५ सय कायम गरिएको छ । यसअघि गत बर्षको पुस महिनामा औपचारिक रुपमा सदरमुकाम मार्तडीबाट कोल्टीसम्मको नियमित बस सेवा सूचारु गरिएको थियो । बिचमा निरन्तर चलेको बस सेवा बर्षातका कारण असार देखि अबरुद्ध बनेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार