काग तिहारमा रमेश दुलाल ‘कागे’ को काग सम्मेलन

०८२ कार्त्तिक ०२ आइतवार
सारांश
  • काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ ले काठमाडौंको नारायणहिटी गेटमा ‘२२औँ काग सम्मेलन’ गरेका छन् ।

काठमाडौँ, २ कार्त्तिक । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ ले काठमाडौंको नारायणहिटी गेटमा ‘२२औँ काग सम्मेलन’ गरेका छन् ।

 

कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई बोलाएका थिए । बिहान पौने ६ बजे कार्यक्रम सुरु भएपछि उनका कागको आवाज निकाल्दा दर्जनौं काग आकाशबाट झर्दै भेला भएका थिए ।

 

दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज निकाल्न सक्ने कला देखाएका छन् । उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट र गितारको धुन समेत प्रस्तुत गरेका थिए ।

 

दुलालले काग तिहारको दिन काग सम्मेलन गर्न थालेको २२ वर्ष भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार