नारायणगढ-मुग्लिन सडकखण्डमा एकसाथ सात सवारी साधन दुर्घटनामा

२०८२ कार्तिक ०१ शनिवार
सारांश
  • नारायणगढ-मुग्लिन सडकखण्डको गाइघाटमा कम्तिमा सात वटा सवारीसाधन एकसाथ दुर्घटनामा परेका छन् ।

चितवन, १ कार्तिक । नारायणगढ-मुग्लिन सडकखण्डको गाइघाटमा कम्तिमा सात वटा सवारीसाधन एकसाथ दुर्घटनामा परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एउटा सवारी अर्कोसँग ठक्कर खाँदै जाँदा कम्तिमा सात सवारी ठोक्किएका हुन् ।

 

सुरुमा ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि पछाडि रहेका सवारी साधन ठोक्किँदै गएको प्रहरीले जानकारी दिएको छ । यात्रुबाहक बस, माइक्रो, कार, बोलेरो लगायतको सवारीमा क्षति पुगेको छ । अहिले सडक डिभिजन चितवनले लोडर पठाएपछि अहिले दुर्घटनामा परेका सवारी साधन हटाउन थालिएको छ । दुर्घटना परेपछि सडकमा लामो जाम लागेको छ ।

 

दुर्घटनाका घाइते र क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार