विपद्मा नेपाली सेना: बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता
२०८२ असोज २० सोमवार
- सेनाले आज आश्विन २० गते बिहानै मात्र इलाम, सन्दकपुर–४ माबु इलाकामा पहिरोमा परी घाइते भएका एक जना पुरुष र तीन जना महिला (१ बालिका सहित) चार जना व्यक्तिहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा झापास्थित अस्पताल पुर्याएको छ ।
काठमाडौं : गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ ।
सेनाले आज आश्विन २० गते बिहानै मात्र इलाम, सन्दकपुर–४ माबु इलाकामा पहिरोमा परी घाइते भएका एक जना पुरुष र तीन जना महिला (१ बालिका सहित) चार जना व्यक्तिहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा झापास्थित अस्पताल पुर्याएको छ ।
अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
यस्तै थुप्रै उद्धारको कार्यमा नेपाली सेनाको सक्रिय भूमिका देखिएको छ ।
त्यस्तै असोज १९ गते माङसेबुङ गाउँपालिका १ पातीगाउँ, इलाममा पहिरोमा परी गम्भिर घाइते भएका दुई जना (पुरुष १ र गर्भवती महिला १) लाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारको लागि इटहरी लगेको थियो ।
त्यस्तै, ललितपुरस्थित च्यासल पुलमुनि बाढीले बगाएर ल्याएको रुख अड्किएर पानीको बहावमा अवरोध सिर्जना भएकोले राजदल गणबाट खटिएको फौजले अन्य सुरक्षा निकायसँग सहकार्य गरी उक्त अवरोध हटाएको थियो ।
यता, उपत्यकाका नदीहरूमा पानीको बहाव बढेसँगै अशोज १८ गते नेपाली सेना गणेशदल गण र अन्य सुरक्षा निकायको संयुक्त टोलीले काठमाडौ महानगरपालिका ११, थापाथली स्थित बागमती नदी किनार बस्तीका वासिन्दाहरुलाई गुहेश्वरी मावि थापाथलीमा र टेकु दोभान स्थित सत्प्रयास वृद्धाश्रममा रहनु भएका जेष्ठ नागरिकहरुलाई पचली भैरव मन्दिरमा स्थानान्तरण गर्न पनि सहयोग गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।