- प्रत्येक अक्टोबर महिनाको पहिलो शुक्रवार विश्व मुस्कान दिवस मनाउने गरिन्छ ।
काठमाडौँ, १७ असोज । आज विश्व मुस्कान दिवस । प्रत्येक अक्टोबर महिनाको पहिलो शुक्रवार विश्व मुस्कान दिवस मनाउने गरिन्छ ।
१९६३ मा हार्वे बल नामक एक व्यावसायिक कलाकारले मुस्कानसहित अङ्कित चित्र बनाए । बढ्दो प्रतिस्पर्धा, व्यस्त जीवनशैली, तनाव लगायतका कारणले मानिसहरूको अनुहारबाट मुस्कान हराउँदै गएको चिन्ताका कारण हार्वेले स्माइली अनुहारको अवधारणा ल्याए । जसले मानिसको स्वास्थ्यमात्रै होइन हरेक पक्षलाई स्वस्थ बनाउनमा मद्दत पुग्छ भन्ने उनको भनाइ थियो । उनले विश्वभर मुस्कान फैलाउने उदेश्यका साथ उक्त मुस्कान अङ्कित चित्र बनाएपनि मानिसको अनुहारबाट मुस्कान हराउँदै गयो । त्यसपछि १९९९ मा औपचारिक रुपमा मुस्कान दिवस मनाउने घोषणा गरियो । ताकी हामीलाई मुस्कुराउनका लागि एक विशेष दिन रहोस ।
विभिन्न अध्ययनहरूका अनुसार नवजात शिशुले दिनमा ९५ देखि सय पटक मुस्कुराँछ । जबकी ऊ वयस्क हुँदै गर्दा त्यो सङ्ख्या निकै घटेर जान्छ र दिनमा ४० वा ५० पटक मात्रै मुस्कुराउँछ । त्यसमा पनि कतिपय मुस्कान बस देखावटी मात्रै हुन्छ ।
मुस्कुराउनु र मुस्काइरहनु मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइन्छ । मुस्कुराउनका लागि कुनै ठोस कारण नै हुनुपर्छ भन्ने छैन । मानिसले आफूलाई कुनैपनि अवस्थामा सकारात्मक राखिराख्न मुस्कान आवश्यक रहेको छ ।
मुस्कुराउनाले जीवनमा सकारात्मकता रहिरहन्छ भने यो शरीरमा राम्रो ब्लड सर्कुलेशनका लागि फाइदाजनक हुन्छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार बेलायतमा बसोबास गर्ने युवाहरू एक दिनमा औसतमा ११ पटक मुस्कुराउने गर्छन् । अर्थात् प्रत्येक व्यक्ति आफ्नो जीवनमा २ लाख ३२ हजारपटक भन्दा बढी मुस्कुराउँछन् ।
मिचिगन विश्वविद्यालयको अध्ययनअनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ । मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ । जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ । त्यसकारण भागदौडको यो जीवनमा बिना कारण पनि मुस्कुराउन आवश्यक रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।