आगजनीले यातायात कार्यालय र सेवा ठप्प, सहजीकरण गरिदिन व्यवसायीको माग
२०८२ भाद्र २९ आइतवार
- यस क्रममा ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन् ।
काठमाडौँ : हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठूलो क्षति पुगेको छ ।
यस क्रममा ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार कागजात नष्ट भइसकेका कारण व्यवसायीहरू थप समस्यामा पर्न थालेका छन्।
त्यसैले यस्ता पीडित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न र अनावश्यक दुःखकष्ट नदिन विभाग र सम्बन्धित निकायसँग महासंघले आग्रह गरेको छ ।
यता प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागकै संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेपछि विभागका सूचना प्रविधिसम्बन्धी प्रणाली ठप्प बनेका छन् ।
विभागले यसले गर्दा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र विद्युतीय सवारी दर्ता सेवा अवरुद्ध भएको जनाएको छ ।
महासंघले विभागका महानिर्देशकसँग सम्पर्क गर्दा हाल विभागको भौतिक संरचना र प्रविधि पुनःसञ्चालन नआएसम्म काम गर्न कठिनाइ हुने जानकारी पाएको छ ।
यद्यपि व्यवसायीलाई सहज वातावरण दिन सातै प्रदेशका यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई आवश्यक सहयोग र सहजीकरण गर्न महासंघले जोड दिएको छ ।
यस्तै महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवराज शर्मासँगको छलफलमा समेत यो समस्या तत्काल समाधान गर्न सबै निकायले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन । सचिव शर्माले मन्त्रालयले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको महासंघले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।