संयुक्त अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ काठमाडौँमा शुभारम्भ
२०८२ भाद्र २२ आईतवार
- वि.सं. २०७४ सालबाट सुरु भएको Sagarmatha Friendship अभ्यास नेपाल र चीनमा हरेक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आएको छ ।
काठमाडौं । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाबीच सञ्चालन हुँदै आएको द्विपक्षीय संयुक्त अभ्यास Sagarmatha Friendship को पाँचौँ संस्करण आज(आइतबार)काठमाडौँमा औपचारिक रूपमा सुरु गरिएको छ ।
भदौ २२ गतेदेखि सुरु भएको यो अभ्यास भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । अभ्यासको मुख्य उद्देश्य द्विपक्षीय सैन्य सम्बन्ध सुदृढ गर्नुका साथै विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहकार्य, प्रतिआतंकबाद नियन्त्रण तथा मानवीय सहायताका विषयमा आपसी ज्ञान र अनुभवको आदानप्रदान गर्नु रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
वि.सं. २०७४ सालबाट सुरु भएको Sagarmatha Friendship अभ्यास नेपाल र चीनमा हरेक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आएको छ ।
यस अभ्यासमार्फत नेपाली सेनाले रणनीतिक तथा पेसागत दक्षता अभिवृद्धि गर्नुका साथै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्ने लक्ष्य राखेको छ ।
नेपाली सेनाले विविध विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्य मित्रराष्ट्रहरूसँग समेत द्विपक्षीय तथा बहुपक्षीय सैन्य अभ्यासहरू र पेसागत प्रतियोगिताहरूमा निरन्तर सहभागिता जनाउँदै आएको छ ।
यस वर्षको अभ्यासमा सहभागी नेपाली र चिनियाँ सुरक्षाकर्मीहरूबीच व्यावहारिक तालिम, अनुभव आदानप्रदान तथा संयुक्त कार्यसम्पादनका अभ्यासहरू समावेश गरिने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’