२६ सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन प्राधिकरणको इन्टरनेट सेवा प्रदायकलाई पत्राचार
२०८२ भाद्र १९ बिहीवार
- प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णयअनुसार ती सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो ।
काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले २६ सामाजिक सञ्जाल कम्पनिलाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेको छ ।
प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णयअनुसार ती सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो ।
प्राधिकरणले फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लबह्वाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो ।
यसअघि भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयको आधारमा अन्तिमपटक सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन ७ दिनको समय दिदै भदौ १२ गते सूचना प्रकाशित गरेको थियो । बुधबार राति १२ बजे सो समयसम्म कुनै पनि सामाजिक सञ्जाल कम्पनि दर्ता नभएपछि सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयको बिहीबार बसेको बैठकले ती सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने निर्णय गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’