इन्द्र जात्राः नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदै

२०८२ भाद्र १५ आइतवार
सारांश
  • यस वर्ष पनि नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिदैछ ।

काठमाडौं: काठमाडौं उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्वको रुपमा परिचित पर्व इन्द्रजात्रा नजिकिँदै छ । 


हरेक वर्ष, भाद्र शुक्ल द्वादशीका दिन यसिं (इन्द्रध्वज) को विधिवत् रूपमा प्रतिस्थापन गरी यस पर्वको शुभारम्भ गरिन्छ । इन्द्रजात्राको प्रमुख आकर्षण मानिने इन्द्रध्वज यसपालि पनि परम्परागत ढंगले नालाबाट भोटाहिटी ल्याइने भएको छ ।


यसिं प्रत्येक वर्ष नालाबाट भोटाहिटी ल्याइन्छ । यस वर्ष पनि नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिदैछ । बिहिबार (भाद्र १९ गते) विशेष साइतमा यसिं थनेगु (इन्द्र ध्वजोत्थान) अर्थात् ध्वजोत्थान विधि सम्पन्न गरिन्छ । 


इन्द्रध्वज केवल काठ र बाँसको संरचना होइन मात्र नभई इन्द्रदेवलाई समर्पित आस्था, वर्षाको कृपा, र समुदायको एकतालाई प्रतिनिधित्व गर्ने सांस्कृतिक प्रतीकको रुपमा लिइन्छ । 


नेवार समुदायको प्रमुख पर्वमा मनाइने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ऐतिहासिक नेवार बस्तीहरूमा आआफ्नै शैलीमा मनाइने गरिन्छ । यस पर्वमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी विभिन्न देवदेवीको नाच, भैलः आजु (हाथु द्यः) पूजा र जीवित देवदेवीको रथयात्राजस्ता क्रियाकलाप गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार