उच्च अदालत पुगे रवि लामिछाने

२०८२ भाद्र ०९ सोमवार
सारांश
  • लामिछानेका कानुन व्यवसायीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गरेका छन् ।

बुटवल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् ।

 

सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छोड्न दिएको निवेदन जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेपछि लामिछाने उच्च अदालत गएका हुन् । लामिछानेका कानुन व्यवसायीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गरेका छन् ।

 

गत साउन २६ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेको निवेदनमा आदेश दिदै बैंक ग्यारेन्टीमा छोड्न अस्वीकार गरेको थियो ।

 

लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार गत चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार