- “म कार्यालयको सूचना अधिकारी हुँ तर म आफैलाई सूचना प्राप्त हुँदैन । अन्य साथीहरूको पनि यही गुनसो छ”, उनले भने ।
खोटाङ, ४ भदौः दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताए।
“म कार्यालयको सूचना अधिकारी हुँ तर म आफैलाई सूचना प्राप्त हुँदैन । अन्य साथीहरूको पनि यही गुनसो छ”, उनले भने ।
नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिवोल आचार्यले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा समाचार लेख्दा समेत पत्रकारहरुविरुद्ध विज्ञप्ति जारी हुने गरेको कटु यथार्थ सुनाए।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचनाको हक मौलिक हक भएकाले प्रत्येक कार्यालयले पत्रकार तथा आम नागरिकले चाहेको समयमा सूचना उपलब्ध गराउन आनाकानी गर्न नहुनेमा जोड दिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’