पाठ्यक्रम विकास केन्द्रले सच्यायो कक्षा ९ को नेपालीमा भएको गल्ति

२८ श्रावण, २०८२, बुधवार
सारांश
  • गीतकार थापासहित विभिन्न सरोकारवालाहरुले सो गल्ति औल्याएपछि केन्द्रले बुधबार सच्याएको जानकारी दिएको छ ।

भक्तपुर । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली किताबमा भएको एक त्रुटीलाई सच्याएको छ ।

कक्षा ९ को नेपालीको  एउटा पाठमा ‘पोहोर साल खुसी फाट्दा’ भन्ने गीतको रचनाकारको नामको विषयमा भएको त्रुटि केन्द्रले सच्याएको जानकारी दिएको हो । सो गीतको रचनाकार राजेन्द्र थापा हुनुपर्नेमा पुस्तकमा अम्बर गुरुङ उल्लेख गरिएको थियो ।

 

सूचनामा भनिएको छ- 'यस केन्द्रबाट वि. स. २०७९ सालमा तयार गरी कार्यान्वयनमा रहेको कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकको पाठ ५ पृष्ठ सङ्ख्या ५४ को बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको 'यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने ....' भन्ने गीतको रचनाकार अम्बर गुरुङ भनी उल्लेख भएकामा सोको आधिकारिकता खोजी गर्दा उक्त गीतको रचना राजेन्द्र थापाले गर्नुभएको पुष्टि भएकाले पाठ्यपुस्तकमा सोहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षण सिकाइ क्रियाकलाप गर्नु गराउनुहुन निर्णयानुसार अनुरोध छ ।'

 

गीतकार थापासहित विभिन्न सरोकारवालाहरुले सो गल्ति औल्याएपछि केन्द्रले बुधबार सच्याएको जानकारी दिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार