उत्तराखण्डस्थित धरालीको बाढीमा सयभन्दा बढी बेपत्ता भएको आशंका

२०८२ श्रावण २१ बुधवार
सारांश
  • राहत र उद्धारमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र भारतीय सेनाका टोलीहरू सामेल रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

काठमाडौँ : भारतको उत्तराखण्डको धरालीमा बादल फुटेको घटनापछि राहत र उद्धार कार्य जारी छ ।

 

राहत र उद्धारमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र भारतीय सेनाका टोलीहरू सामेल रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

विपद् नियन्त्रण कक्षबाट पनि स्थितिको निरन्तर निगरानी भइरहेको छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरबाट घटनास्थलको हवाई सर्वेक्षण गरेका छन् ।

 

एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भने अनुसार अहिलेसम्म १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै अहिलेसम्म चार जनाको मृत्यु भएको छ र १०० भन्दा बढी व्यक्ति हताहत, बेपत्ता हुन सक्ने आंकलन रहेको उनले बताएका छन् । यद्यपि स्थानीय प्रशासनले अहिलेसम्म कति बेपत्ता छन् भन्ने पुष्टि हुन नसकेको बताएको छ ।

 

मंगलबार दिउसो उत्तरकाशीको खीरगंगा नदीमा बादल फाटेपछि अचानक आएको बाढीले धराली बजार बगाएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार