- पूर्वधार विकास कार्यालय मुगुको ६९ लाख १८ हजार ५ सय १५ रुपैंयाँको लागतमा पुल निर्माण भएको हो । पुल ०८० साल फागुन ९ गते सम्झौता भई ०८१ साल बैशाख २५ गतेबाट काम सुरु भई ०८२ फागुन ८ गते सम्पन्न हुनेछ ।
मुगु : मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मालुगाड भन्ने स्थानमा झोलुङ्खे पुल निर्माण भएपछि स्थानीय खुशी भएका छन् ।
पूर्वधार विकास कार्यालय मुगुको ६९ लाख १८ हजार ५ सय १५ रुपैंयाँको लागतमा पुल निर्माण भएको हो । पुल ०८० साल फागुन ९ गते सम्झौता भई ०८१ साल बैशाख २५ गतेबाट काम सुरु भई ०८२ फागुन ८ गते सम्पन्न हुनेछ ।
१ सय २० मिटर लामो झोलुङ्खे पुल पुर्वाधार बिकास कार्यालय मुगुको आर्थिक सहयोग र पुन निर्माण तथा अनुसन्धान बिकास केन्द्रको प्राविधिक इन्टिमेटअनुसार निर्माण भभएको पूर्वाधार बिकास कार्यालय मुगुका प्रमुख तथा इन्जिनियर कृष्ण चापागाईले बताए ।
पुल निर्माण भएपछि वन, पाखामा घाँस, दाउरा, चरिचरन गराउनु सहज हुनुका साथै जुम्ला जानका लागि सहज हुनेछ ।
बिगतका बर्षहरुका खोला तरेर जानुपर्दा जोखिम हुने र समय पनि धेरै लाग्ने गरेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ की केउडा ऐडीले बताइन् ।
त्यस्तै रारा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष खेम बहादुर रावलले पुल निर्माणले स्थानीयलाई सहज हुने बताए । रावलको रोहोवरमा निर्माण भएको पुल एक औपचारिक कार्यक्रमगरी उदघाटन गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष धनकृष्ण ऐडीका अनुसार पुल निर्माणले गाउँभरि खुशीयाली छाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।