विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाख बराबरका आवश्यक सामाग्री वितरण

२०८२ असार १२ विहिवार
सारांश
  • बुधबार वडामा आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमा छलफल कार्यक्रमका अवसरमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको १० नम्बर वडा कार्यालयले नेपाल प्रहरी, वडा भित्रकै विभिन्न विद्यालय र स्थानिय समुदायहरुलाई करीब २५ लाख रुपैयाँ बराबरका विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।


बुधबार वडामा आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमा छलफल कार्यक्रमका अवसरमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।


वडा कार्यालयले महानगरीय प्रहरी वृत्त बानेश्वरलाई लाइफ ज्याकेट, स्टेचर, सेफ्टी बुट, सेफ्टी ग्लोब्स, फायर रेसिस्टेन्स ज्याकेट, हेल्मेटलगायत सामान प्रदान गरेको छ । साथै, रत्नराज्य माध्यमिक विद्यालय र रुद्रमती आधारभूत विद्यालय सहित ३ वटा सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड, प्रोजेक्टर, स्पिकर, प्रिन्टर प्रदान गरिएको छ ।


वडा कार्यालयले पूजा प्रतिष्ठान, थापागाउँ विकास समिति र अग्रज समाज नेपाललाई हार्मोनियम, तबला, मादल, बाँसुरी, झ्याली, खैँजडी, मुजुरा प्रदान गरेको जनाएको छ । वुद्धनगर विकास समितिलाई प्लाष्टिकका कुर्सीहरु, कार्यालय कुर्सी, टेबुल प्रदान गरिएको छ । यस्तै पञ्चकुमारी श्रद्धा प्रतिष्ठानलाई योगा म्याट, छक्कुबक्कु भगवती मन्दिरलाई स्पिकर र माइक तथा आर्य समाज नेपाल र बानेश्वर महादेव संरक्षण तथा विकास समितिलाई आउटडोर साउण्ड सिस्टम सेट प्रदान गरिएको छ ।


सामाग्री वितरण कार्यक्रममा बोल्दै १० नम्बर वडाका वडाध्यक्ष रामकुमार के. सी. ले ‘विपदमा नागरिकको जिउधनको सुरक्षाका लागि नेपाल प्रहरीलाई सहयोग गरेका हौँ । सामुहिक कार्यक्रम वृद्धि गरेर एक्लिँदै गएको मान्छेलाई सामाजिक क्रियाकलापमा व्यस्त बनाउने प्रयास गरेका छौँ । वढ्दो प्रविधिको प्रयोगले मानिस दिनप्रतिदिन एक्लिँदो छ । यसबाट परिवार र समाजप्रतिका दायित्वबाट विमुख बन्दै गएको छ । मानव सभ्यता नै संकटमा पार्ने यी क्रियाकलाप रोक्न हामीले समुदायका लागि सामान, साधन तथा उपकरण प्रदान गरेका हौँ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार