विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
२०८२ असार ०८ आईतवार
- मिलन चोकस्थित पार्टी भेन्युमा सम्पन्न उक्त तालिम कार्यक्रममा नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्लेको अध्यक्षता रहेको थियो भने बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि थिए ।
काठमाडौं : नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा विद्यालय सहयोगी, कर्मचारी तथा सुरक्षा गार्डहरूका लागि एक दिवसीय क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।
मिलन चोकस्थित पार्टी भेन्युमा सम्पन्न उक्त तालिम कार्यक्रममा नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्लेको अध्यक्षता रहेको थियो भने बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि थिए । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई र वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराई विशेष अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा प्रशिक्षक लक्ष्मी सुबेदीले विद्यालयमा कार्यरत सहयोगी कर्मचारी तथा सुरक्षा गार्डहरूको पेशागत कार्यदक्षता, व्यवहार र उत्तरदायित्व सम्बन्धी विविध पक्षमा प्रशिक्षण समेत दिएका छन् ।
प्रशिक्षणको उद्देश्य विद्यालयको समग्र वातावरण सुधारमा सहयोग पु¥याउने र कर्मचारीको व्यक्तिगत तथा पेशागत क्षमतामा वृद्घि ल्याउने रहेको आयोजकले जनाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी यस्ता तालिमले सहभागीहरूमा सकारात्मक प्रभाव पारेको भन्दै आयोजकले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’