बेँसीसहर–चामे सडक अवरुद्ध

२०८२ असार ०६ शुक्रवार
सारांश
  • सो स्थान नजिक यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

लमजुङ, ६ असारः मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ मा आज बिहान पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।  

 

कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, “ठूलाठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् ।” पहिरो ठूलो भएकाले खुलाउन समय लाग्ने उनको भनाइ छ । सो स्थान नजिक यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

 

त्यस्तै लमजुङ–मनाङको सिमाना नजिक म्यार्दी भिर नजिक सडकमा दुई वटा ट्रक बिग्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ । अहिले सडकमा यातायात सञ्चालनको प्रयास भइरहेको छ । सडक अवरुद्ध भएपछि गन्तव्यमा समयमा पुग्नुपर्ने यात्रुहरुलाई बढी समस्या भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार