- शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।
काठमाडौँ, २४ जेष्ठ । शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।
एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने पनि संघले जनाएको छ ।
बैठकमा अध्यक्ष श्रेष्ठले संघले स्थापना गरेको आपत्कालीन कोषमा रु ५ लाख जम्मा गर्ने घोषणा गरे । उनले नेपालीहरूको सुख दुखमा एनआरएनए सधैँ सँगसँगै रहने वाचा पनि व्यक्त गरे । यसै गरी उक्त कोषमा सबै पदाधिकारीहरूले जनही रु एक, एक लाख जम्मा गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बुढीगंगा नगरपालिका ६ साफे, मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी हुँदा दर्जनौँ पसलहरू जलेर ध्वस्त भएका छन् । स्थानीय एक होटेलमा ग्यास सिलिन्डर पड्केर आगलागी सुरु भएको समाचारहरूमा जनाइएको छ ।
दमकल नभएकाले समयमै आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
होर्मुजमा २० प्रतिशत शुल्क लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प
-
शेयर बजारमा स्पेसएक्सको उत्साह सेलाउन थाल्यो, प्रारम्भिक लगानीकर्ता घाटामा
-
टेलिकमका पूर्व प्रबन्ध निर्देशक अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर
-
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
-
वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।