बरिष्ठ साहित्यकार रसिकको निधन, अन्तिम संस्कार सोमबार मात्र गरिने
२०८२ जेठ १८ गते आइतवार
- ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । रसिककी छोरी बेलायतबाट भोलि(सोमबार)नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ ।
काठमाडौं : बरिष्ठ साहित्यकार एवम गीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको उनी निकट संचारकर्मी राजकुमार दाहालले जानकारी दिए ।
७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । रसिककी छोरी बेलायतबाट भोलि(सोमबार)नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ ।
अहिले उनको शव टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ । भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।
जन्मथलो भोजपुर भएपनि कर्मथलो इलाम बनाएका उनका ‘क्षितिजलाई ‘छुन खोज्दा’ (कथा संग्रह २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (कथा संग्रह २०२७), ‘रसिकका गीतहरु’ (गीत संग्रह २०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ (संस्मरण २०५५), ‘बिलाउँदै गएका गीत’ (कथा सङ्ग्रह) २०५८, ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास २०६३), ‘स्वाधिनताको पीडा’ (गीत सङ्ग्रह २०६८), ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७३) लगायत कृतिहरु बजारमा छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।